ad ad

राजनीति


सरकार एक्लैले देश विकास गर्न सक्दैन : पूर्वप्रधानमन्त्री चन्द

सरकार एक्लैले देश विकास गर्न सक्दैन : पूर्वप्रधानमन्त्री चन्द

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १९:२१, काठमाडौँ

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देश विकास सरकार एक्लैले गर्न नसक्ने बताएका छन्।

बिहीबार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २०औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विकासका लागि जनताले पनि सहयोग गर्नुपर्ने बताए। उनले राजनीतिमा मुख्य कुरा भाषण भएको बताउँदै नेपालका प्रधानमन्त्रीहरुको भाषणबाट सबै प्रभावित हुने गरेको उल्लेख गरे। उनले भाषण कला एउटा राजनीतिक हतियार भएको बताए।

‘राजनीतिमा मुख्य कुरा भाषण हो। हाम्रा प्रधानमन्त्रीहरुको भाषणबाट सबै प्रभावित हुन्छन्। यो हतियार नै हो। तर त्यो हतियार पनि नभएको बेलामा पनि उहाँले लड्नुभयो र सफलता प्राप्त गर्नुभयो,’ उनले भने, ‘जो पनि हामी सरकारमा हुन्छौँ, हामी भन्छौँ, देश विकास सरकारकै हातबाट हुँदैन। यसमा जनताले पनि सक्रिय भएर सहयोग गर्नुपर्छ। मैले जनपक्षबाट यो विधि काम भएको देखेको छ। यसमा श्री पाँचको सरकारले पनि सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ।’

पूर्वप्रधानमन्त्री चन्दले जनताले सक्रिय भइ देश विकासका लागि काम गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .