नेपाली सेनाको उपरथी पदमा पदोन्नति भएका नारायण सिलवाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
सेनाको मुख्यालय जंगी अड्डामा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति प्रभुराम शर्माले सिलवाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
सोही अवसरमा प्रधानसेनापति शर्माले महासेनानी दर्जामा पदोन्नति भएका ३ जनालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरे।
कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्कालगायत अधिकृतहरूको पनि उपस्थिति थियो।
1.2k
Shares
प्रतिक्रिया