काभ्रेपलाञ्चोकमा कुखुरा बोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका छन्।
नमोबुद्ध नगरपालिका–७ चौकीडांडास्थित विपि राजमार्ग सडक खण्डमा काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको प्र२-०२-००१ च ०८२८ नं को कुखुरा बोक्ने बोलेरो गाडीले बिपरित दिशाबाट आउँदै गरेको बा ६५ प १४०९, बा ८७ प ६९३६ र बाप्र०२-०४५ प ५४३० नं को मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा तीनवटै मोटरसाइकलमा सवार ६ जना व्यक्ति घाइते भएका हुन्।
उनीहरुलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ। सबै सवारी साधन र बोलेरो चालक प्रहरी चौकी कटुन्जेको नियन्त्रणमा रहेका छन् भने घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये सिन्धपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका३ बस्ने वर्ष २१ की नविना न्यौपानेको टाउको र दाहिने खुट्टामा चोट (अवस्था मध्यम) रहेको छ।
यस्तै, ग्याङलेक गाउँपालिका–४ बस्ने वर्ष २५ को रामलाल मोक्तान दुवै खुट्टामा चोट (अवस्था मध्यम) छ भने सोही ठाउँका वर्ष २४ को सुशिल स्याङतान दाहिने घुडामा चोट (अवस्था मध्यम) रहेको छ।
यसैगरी धादिङ घर बताउने वर्ष २० की ममिता गुरुङ दुवै घुँडामा चोट (अवस्था मध्यम) रहेको छ।
Shares
प्रतिक्रिया