ad ad

समाज


६ लाख नगद, २० तोला सुन र १६२ तोला चाँदीसहित काभ्रेबाट भारतीय नागरिक पक्राउ

६ लाख नगद, २० तोला सुन र १६२ तोला चाँदीसहित काभ्रेबाट भारतीय नागरिक पक्राउ

नेपालखबर
मंसिर १९, २०८० मंगलबार ७:५३, काभ्रे

काभ्रे प्रहरीले एकजना भारतीय नागरिकलाई सुन, चाँदी र नगदसहित पक्राउ गरेको छ।

बिल नभएको सुन र चाँदी जस्तो देखिने धातु र स्रोत नखुलेको झण्डै ६ लाख रुपैयाँसहित भारत महाराष्ट्र प्रदेश सांङ्ली जिल्ला घर भइ हाल काभ्रेको बनेपा-७ वकुटोलस्थित सूर्य शाक्यको घरमा भाडामा बस्ने ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनको साथबाट प्रहरीले बिल नभएको सुन जस्तो देखिने पहेलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु १६२ तोला, स्रोत नखुलेको नेपाली ५ लाख ७६ हजार १३५ रुपैयाँ र २२ हजार भारतीय रुपैयाँ बरामद गरेको छ। 

सोमबार पक्राउ परेको उनलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .