हाल (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली (आकाशमा कतै कतै बादल) तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा (प्रायः आकाश खुला) रहेको र तराईका थोरै ठाउँमा हुस्स/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बिस्तारै हुस्सु/कुहिरो हटेर दिउँसोतिर घाम लाग्ने सम्भावना छ।
महाशाखाको बिहानी बुलेटिनका अनुसार दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
‘आजलाई वर्षाको सम्भावना भने देखिएको छैन’, मौसमविद् पुडासैनीले भने।
महाशाखाको बुलेटिनअनुसार राति पनि पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
Shares
प्रतिक्रिया