ad ad

समाज


चिसो बढेपछि २४ घण्टे चेतावनी

चिसो बढेपछि २४ घण्टे चेतावनी

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २७, २०८० बुधबार ८:४०, काठमाडौँ

जल तथा मौसम पूर्वानुमान महाशाखाले बढ्दो चिसोलाई ध्यान दिँदै ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श’ जारी गरेको छ। 

महाशाखाले आज बिहान ६ बजे २४ घण्टे चेतावनी जारी गर्दै देशका विभिन्न स्थानमा वर्षा, हिमपात हुने तथा चिसो बढ्ने भएकाले यसबाट हुनसक्ने असरबाट बच्न सुझाव दिएको हो। 

महाशाखाले भनेको छ : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनहुन सबैमा अनुरोध छ।

मौसम महाशाखाका अनुसार यतिबेला (बुधबार बिहान) देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ। 

महाशाखाको बिहानी बुलेटिनअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रही तराईमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .