ad ad

समाज


खाण सम्पत्ति शुद्धीकरणबाट १५ लाख धरौटीमा छुटे, अख्तियार लगियो

खाण सम्पत्ति शुद्धीकरणबाट १५ लाख धरौटीमा छुटे, अख्तियार लगियो

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १६:५५, काठमाडौँ

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

अदालतमा ३० लाख धरौटीमा छुटेलगत्तै उनलाई आजै विभागको पुल्चोकस्थित कार्यालयमा उपस्थित गराइएको थियो।

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशले पुर्पक्षमा थुनामा रहेका खाणलाई हिजो मात्र उच्च अदालतले ३० लाख धरौटीमा छाड्ने आदेश गरेको थियो।

विभागले बयान लिएर १५ लाख धरौटी माग गरेको थियो।

खाणले तत्कालै उक्त धरौटी बुझाएका थिए।

विभागले छाडेलगत्तै उनलाई अख्तियारमा लगिएको छ।

यसअघि यस मुद्दाका सबै अभियुक्तलाई विभागले उच्च अदालतले मागेको धरौटीको ५० प्रतिशत धरौटी माग गरेको थियो।

अख्तियारले भने ती सबैलाई साधारण तारेखमा छाडेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .