ad ad

समाज


क्रिसमसलगत्तै किन हुन्छ धमाधम सम्बन्ध विच्छेद?

जनवरी किन बन्छ ‘डिभोर्स मन्थ’?
क्रिसमसलगत्तै किन हुन्छ धमाधम सम्बन्ध विच्छेद?

नेपालखबर
पुस ६, २०८० शुक्रबार १०:३९, काठमाडौँ

क्रिसमस युरोप र अमेरिकाको सबैभन्दा ठूलो चाड हो। यो बेला पश्चिमी देशहरूमा परिवारका सदस्य भेला हुन्छन् र सँगै उत्सव मनाउँछन्।

तर यो क्रिसमस उत्सव उनीहरूको सम्बन्धका लागि खतरनाक साबित हुने गरेको छ। क्रिसमसलगत्तै जनवरी महिनामा सम्बन्धविच्छेदको दर सबैभन्दा बढी हुने अध्ययनले देखाएको छ।

रिलेसनसिप कोचले क्रिसमसको परम्परा र जनवरीमा हुने सम्बन्धविच्छेद बीचको सम्बन्ध फेला पारेका छन्। यी दुई बीचको सम्बन्ध यति गहिरो छ कि जनवरीलाई ‘मन्थ अफ डिभोर्स’को उपाधि दिइएको छ। यी सम्बन्ध विच्छेदको कारण चाडपर्वको समयमा हुने सम्बन्धको ‘टिन्सलिङ’ हो।

क्रिसमस नजिकै आइसकेको छ। यस्तो अवस्थामा चाडपर्व मनाउँदा सम्बन्धलाई खोक्रो बनाउनबाट जोगिन सम्बन्धको ‘टिन्सलिङ’ र यसका फाइदा–बेफाइदा जान्न जरुरी छ।

के हो टिन्सलिङ?  
केवल ‘टिन्सलिङ’को बारेमा कुरा गर्दा यसको मतलब क्रिसमसको सजावटमा प्रयोग हुने चमकदार चिज हुन्। तर सम्बन्धमा ‘टिनसेलिङ’को अर्थ अलि फरक छ।

चाडपर्वको समयमा घरपरिवारको दबाबका कारण दम्पतीले सबै ठीकठाक छ भनी भन्ने भान पार्न झुटो तामझाम देखाउने सोचलाई सम्बन्धको ‘टिन्सलिङ’ भनिन्छ। जसका कारण चाडपर्वको सिजन सकिएर पारिवारिक दबाब हट्नासाथ सम्बन्ध बिग्रन्छ।

यसकारण खुसीका बेला सम्बन्धमा लाग्छ ग्रहण 
घरमा थोरै पनि खटपट भयो भने ‘चाडपर्वका बेला वादविवाद, झगडा गर्नु हुँदैन’ भनेर ठूलाबडाले  सिकाउने गरेका छन्। त्यसपछि मनलाई दबाएर, राम्रो–नराम्रो सहँदै दम्पतीले आफूहरूको सम्बन्ध राम्रो देखाउन झुटो अभिनय गर्छन्। 

केही दिनपछि यही ‘टिन्सलिङ’ नै सम्बन्ध टुट्ने कारण बन्छ। केही दिनको देखावटीले सम्बन्धलाई सधैँका लागि बिगार्छ र सम्बन्ध विच्छेदसम्म पुर्‍याउँछ।

सामाजिक सञ्जालमा होस् वा दैनिक जीवनमा पति–पत्नी सधैँ आफ्नो सम्बन्ध राम्रो बनाउने प्रयास गर्छन्। विभिन्न भिन्नताका बावजुद उनीनीहरू दुनियाँसामु वर्षौंसम्म आफ्नो सम्बन्धको महिमा गान गरिरहन्छन्। जसका कारण केही समयपछि उनीहरूलाई वास्तविक सम्बन्ध भने निरस लाग्न थाल्छ, केवल देखावटीपनले उनीहरूको मानसिक स्वास्थ्यलाई पनि असर गर्न थाल्छ।

उक्त अध्ययनले उत्सवले सम्बन्ध टुट्नुका कारण यसरी औँल्याएको छ– 

–चाडपर्वका बेला खर्च बढ्ने तनाव

–कामको तनाव र उत्सवमा अतिरिक्त कडा परिश्रम

–पारिवारिक दबाब

–एकअर्कालाई समय दिन नसक्नु

चाडपर्वमा आफूलाई बेवास्ता नगर्नुहोस्, तपाईंको सम्बन्ध खतरामा पर्नेछ
सम्बन्ध विशेषज्ञ टिना विल्सनले गरेको यो अध्ययनले क्रिसमस उत्सवको समय पार्टनरबीच सम्बन्धमा आउने समस्याहरूलाई बेवास्ता गर्ने देखाएको छ। उनीहरूलाई लाग्छ कि उनीहरूको सम्बन्ध क्रिसमसको चमकजस्तै गज्जब हुनेछ। 

तर यो सोच सम्बन्धका लागि हानिकारक साबित हुन्छ। ससाना कुरा मिलेर ठूलो रूप लिन्छ। यस्तो अवस्थामा पार्टनरले चाहेर पनि समाधान गर्न सक्दैनन् र सम्बन्धविच्छेद हुन्छ।

चाडपर्वमा सम्बन्ध कसरी जोगाउने?
क्रिसमस होस् वा अन्य कुनै चाडपर्व, त्यस्तो बेला सम्बन्धमा नकारात्मक असर पर्ने प्रबल सम्भावना रहेको अध्ययनले देखाएको छ। तर यसको आशंकाले चाडपर्व मनाउनबाट टाढै बस्नु उचित हुँदैन। चाडपर्वहरू हाम्रो जीवनका महत्त्वपूर्ण भाग हुन् र हाम्रो खुसीका स्रोत पनि। 

यस्तो अवस्थामा चाडपर्व मनाउँदा सम्बन्ध बिग्रन नदिन सम्बन्ध विशेषज्ञ टिना विल्सनको अध्ययन र रिलेसनसिप कोच डा. अञ्जलीका यी सुझाव पछ्याउन सक्नुहुन्छ। 

१. ससाना कुरालाई बेवास्ता नगर्नुहोस्– चाडपर्व खुसीका लागि हो भन्ने कुरामा ध्यान दिनुहोस्। यस अवधिमा मनलाई नदबाउनुहोस्, कुनै पनि दुःख वा क्रोध  लुकाएर निसासिनु ठीक होइन।

२. उचित मौकाको प्रतीक्षा नगर्नुहोस्, जुन कहिल्यै आउँदैन– चाडपर्वका दिनमा सम्बन्धमा कुनै समस्या आयो भने यो विषय एक दिन अन्त्य होला र आफ्नो  पार्टनरसँग बोलौँला भन्ने सोच्छौँ। तर त्यो मौका पर्खिंदा पर्खिंदै विषयले सीमा नाघिसकेको हुन्छ। त्यसैले सम्बन्धमा आउने सानातिना तनावलाई तुरुन्तै समाधान गर्नुहोस्। उचित अवसरको खोजीमा मनमा कुरा गुम्स्याएर नराख्नुहोस्। 

सम्बन्धमा माया र समझदारी चाहिन्छ, देखावटी होइन

रिलेसनसिप कोच डा. अञ्जलीका अनुसार चाडपर्व होस् वा विवाह समारोह वा पारिवारिक जमघट होस्, यस समयमा मनमा घृणा, दुःख र क्रोधको बादल जम्न नदिनुहोस्। मनलाई बैंकको रूपमा बुझ्नुहोस्। रिसलाई त्यति मात्र जम्मा हुन दिनुहोस्, जति नियन्त्रण गर्न सकिन्छ। सानातिना कुरालाई बेवास्ता गर्दा यो बैंकको पुँजी निकै ठूलो हुनेछ। जसलाई पछि सम्हाल्न गाह्रो हुनसक्छ। यो पनि सम्बन्ध टुट्नुको कारण बन्छ। अनि यो पनि बुझ्न जरुरी छ– देखावटी चमक धेरै दिन टिक्दैन, सम्बन्ध टिकाउन माया र समझदारी चाहिन्छ, देखावटीपन होइन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .