ad ad

समाज


धरानमा मेयर बालेन्द्रले भने : हर्क साम्पाङको श्रमसंस्कृतिलाई सबैले अनुकरण गरून्

धरानमा मेयर बालेन्द्रले भने : हर्क साम्पाङको श्रमसंस्कृतिलाई सबैले अनुकरण गरून्

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २०, २०८० शुक्रबार १९:१४, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको खुलेर प्रशंसा गरेका छन्।

शुक्रबार धरान उत्सवक उद्घाट कार्यक्रमलाई सम्बोधनका क्रममा उनले आफू सानै हुँदादेखि नै धरान चर्चित रहेको बताउँदै अहिले हर्क साम्पाङले झन् चर्चित बनाएको बताए। 

‘विशेष दिनमा विशेष सहरमा आएको छु खुसी लागेको छ। हामी सानै हुँदा धरान चर्चित थियो। घोपा क्याम्पका लागि चर्चित थियो’, उनले भने, ‘सरकारले पैसा दिनुपर्दैन, यहीँका मान्छेले आफैं काम गर्छन् भन्ने थियो। २० वर्षपछि धरान झन् चर्चित छ। यहाँका मेयर, उपमेयर र वडाअध्यक्षले श्रम संस्कृतिलाई अघि बढाएर देशमा चर्चा बटुलेको छ।’

उनले धरान सहर आफ्नै बलमा समृद्ध भएको बताए। ‘देशमा जसले जेसुकै गरोस् धरालाई मतलव छैन। सरकार जोसुकै आओस् धरान आफैंले बनाउँछ’, शाहले भने, ‘काठमाडौंभन्दा अगाडि छ धरान। श्रमसंस्कृति, सुशासन र अनुशासनमा अगाडि छ। धरान फेसन, संगीत र कलाका लागि चर्चित छ।’

लोप हुँदै गएको श्रम संस्कृति धरानकै कारण जागेको उनले बताए। ‘धरानबाट सबैले उदाहरण सिक्नुपर्छ। सांसदले केही काम गर्न सक्दैनन् मेयर भनेको कार्यकारी हो भन्ने छ। हर्क साम्पाङले गरेको कामलाई अनुकरण गर्न कसैले रोक्न सक्दैन’, उनले भने, ‘धरानको मान्नु पर्ने कुरा प्राकृतिक स्रोत साधनको जगेर्ना गर्न सिकाएको छ। धरानबाट सबै पालिकाले सिक्नुपर्छ। तर धरानले आफ्नो संस्कार र संस्कृति जोगाउनुपर्छ।’

शाहले सम्बोधनपछि मेयर साम्पाङलाई मायाको चिनो दिए। किरातीहरूका प्रथम राजा यलम्बरको प्रतिमूर्ति उनले साम्पाङलाई मायाको चिनोका रुपमा दिएका हुन्। 

‘एउटा मायाको चिनो ल्याएको छु। किरातहरूका राजा यलम्बरलाई यहाँ प्रथम राजा मानिन्छ’, उनले भने, ‘हामी काठमाडौंमा आकाश भैरवका रुपमा यलम्बर राजालाई मान्छौँ। ललितपुरको नाम नेपाल भाषामा यल हो। यो नाम पनि पनि यलम्बरबाटै रहेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .