माइतीघर मण्डलस्थित निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रा.डा. गोविन्द केसीसहित दुईजना पक्राउ परेका छन्।
मंगलबार दिउँसो साढे १ बजेको समयमा १० वर्षे सशस्त्र द्वन्दकालका पीडितलाई न्याय देऊ, माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गरसहितका माग राखी केसी माइतीघर क्षेत्र पुगेका थिए।
निषेधित क्षेत्रमा प्रवेश गरेपछि ६० वर्षीय केसीसहित दुईजनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
48
Shares
प्रतिक्रिया