भारतको अयोध्यास्थित राममन्दिरको प्राण प्रतिष्ठा समारोहमा नेपाली पुजारी दुर्गाप्रसाद गौतम सहभागी हुने भएका छन्।
जनवरी २२ मा मन्दिर उद्घाटन हुँदैछ। त्यसका लागि अनेकौँ पूजाअर्चना गरिँदैछन्।
यसअघि २०२० मा सो मन्दिरको शिलान्यास हुँदा गौतमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भूमिपूजन गराएका थिए।
त्यतिबेला सो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई गौरव लागेको उनले बताएका थिए।
त्यसयता मन्दिरका हरेक समारोहमा उनी सहभागी हुँदै आएका छन्।
उनले संस्कृतमा आचार्य गरेका छन्।
147
Shares
प्रतिक्रिया