काठमाडौँ महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट एक हजार दरको पाँच थान नक्कली नोटसहित युवती पक्राउ परेकी छन्।
तारकेश्वर नगरपालिका–५ लोलाङ्ग बस्ने काभ्रे नमोबुद्ध नगरपालका–१० घर भएकी २५ वर्षीया मनीषा न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो।
उक्त चोकस्थित मेडिकलमा औषधि खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो।
93
Shares
प्रतिक्रिया