ad ad

समाज


विशेष अदालतका रजिस्ट्रार ४ महिनामै किन फेरिए?

विशेष अदालतका रजिस्ट्रार ४ महिनामै किन फेरिए?

हरिराज कार्की र जितेन्द्रबाबु थपलिया


नेपालखबर
पुस २६, २०८० बिहिबार १९:१४, काठमाडौँ

विशेष अदालतका रजिस्ट्रार हरिराज कार्कीको ४ महिनामै सरुवा भएको छ। उनलाई सर्वोच्च अदालतमा तानिएको छ।

उनको ठाउँमा उच्च अदालत, तुल्सीपुरअन्तर्गतको बुटवल इजलासमा कार्यरत जितेन्द्रबाबु थपलियालाई पठाइएको छ।

विशेष अदालत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हेर्ने भएकाले महत्त्वपूर्ण न्यायिक निकाय मानिन्छ।

कार्की यसअघि पनि सर्वोच्चमै सहरजिस्ट्रारका रूपमा कार्यरत थिए। गत भदौ १९ गते मात्रै उनलाई न्याय सेवा आयोगले विशेषमा पठाउने निर्णय गरेको थियो। विशेषका तत्कालीन रजिस्ट्रार अशोककुमार क्षत्रीलाई न्याय परिषद् सरुवा गरिएको थियो।

कार्की उच्च अदालतको न्यायाधीशका आकांक्षी थिए। तर, न्याय सेवाको न्याय समूहबाट मुख्य रजिस्ट्रार लालबहादुर कुँवर, रजिस्ट्रार निर्मला पौडेल (भट्टराई) र नेत्रप्रकाश आचार्य गरी ३ जनालाई न्यायाधीश बनाउँदा कार्कीको पालो आएन।

कार्की अब न्याय समूहका प्रथम श्रेणीका अधिकृतहरूको वरीयतामा सबैभन्दा अगाडि छन्। उनीभन्दा अगाडिका विमल पौडेल रजिस्ट्रारमा बढुवा भइसकेका छन्। 

हालका रजिस्ट्रार नारायणप्रसाद पन्थी अवकाश हुन लागेकाले कार्कीलाई अब रजिस्ट्रार बनाउने गरी छलफल चलिरहेको छ। पन्थी आउँदो वैशाख १७ गते विशिष्ट श्रेणीको ५ वर्षे पदावधिका कारण अवकाश पाउँदै छन्।

उनी मुख्य रजिस्ट्रारका दाबेदार पनि थिए। तर, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्याय सेवा आयोगको छनोटमा न्याय परिषदका तत्कालीन सचिव देवेन्द्रराज ढकाल परे।

यसो त न्याय परिषद्को सचिव पद पनि रिक्त छ। उक्त पदमा कसलाई बढुवा गरिन्छ भन्ने पनि न्याय प्रशासनभित्र तीव्र चासोको विषय छ।
न्याय परिषद् सचिवको दाबेदारमा यमबहादुर बुढामगर, भद्रकाली पोखरेल र मानबहादुर कार्की मुख्य दाबेदार छन्। उनीहरू २०७१ माघ २९ मा एकैपटक सहसचिव नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .