ad ad

समाज


त्रिशूली नदीमा कुनै सवारी साधन खसेको आशंका, गोताखोर टोली खोजी गर्दै


नेपालखबर
माघ २, २०८० मंगलबार ७:३६, काठमाडौँ

चितवनको मुग्लिन नजिकबाट कुनै सवारी साधन त्रिशूली नदीमा खसेको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ। 

नारायणगढ - मुग्लिन सडकखण्डमा पर्ने चितवनको इच्छाकामना- ५ स्थित तीन नम्बर पुल नजिकबाट मंगलबार बिहान कुनै सवारी साधन (सम्भवत: सानो गाडी) त्रिशूली नदीमा खसेको आशंकामा गोताखोरसहितको टोलीले खोजी सुरु गरेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। 

एक जना बस चालकले सुरुमा त्रिशूली नदीको बीचमा गाडीको बत्ती बलेको भनेर मुग्लिन प्रहरीलाई जानकारी दिएपछि खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका बरिष्ठ सई राजेन्द्र बहादुर आलेले जानकारी दिए। केही स्थानीयले पनि नदीकाे बीचमा बत्ती बलेकाे भनेर प्रहरीलाइ जानकारी गराएका उनले बताए। 

‘खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल आर्मीका गरेर झण्डै ६० जना जनशक्ति परिचालन भएको छ,’ आलेले नेपालखबरसँग भने, ‘गाडी खसेको चाहीँ निश्चित हो, तर त्यसमा कतिजना सवार थिए, कस्तो गाडी हो भन्ने खुलेको छैन। सम्वतः सानो गाडी हुनसक्छ।’

उनले पुलबाट खसेको गाडी झण्डै ९० फिट तल पुगेर त्रिशूलीमा डुबेको हुन सक्ने बताए। 

‘घटनास्थलमा गाडी खसेका ताजा प्रमाणहरु छन्,’ उनले भने, ‘कुरिनटारबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले पानीभित्रै पसेर खोजी गरिरहेको छ। अलिबारमा केही पत्ता लाग्ला।’

गाडी खसेको ठाउँ निकै गहिरो र गुमाउरो खाले तह भएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .