नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीम ढकाल तोकिएका छन्।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले बुधबारदेखि लागु हुने गरी ढकाललाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
ढकाल यसअघि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख थिए। उनलाई पुस २४ गते प्रहरी महानिरीक्षकको कार्यालयमा सरुवा गरिएको थियो।
ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएपछि यसअघिका प्रवक्ता एवम् डीआईजी कुवेर कडायतलाई सरुवा गरेको छ।
प्रवक्ता तोकिएका ढकाल एससएपी र डीआईजी बढुवामा आईजीपी कुँवरसँगै परेका थिए।
36
Shares
प्रतिक्रिया