हेल्प नेपाल, एपीएफ र श्रीलंका आर्मी क्लब पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन्।
समूह बी बाट एपीएफ समूह विजेता र श्रीलंका आर्मी उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
समूह चरणको अन्तिम खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
समूह ए बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङगो लाग्न बाँकी छ। समूह ए अन्तर्गत माघ त्त गते रोकिएको आर्मी र गण्डकी प्रदेशबीचको बाँकी खेलले पुुरुषतर्फको सेमिफाइनल समिकरण पूरा हुनेछ।
पुरुषतर्फको अन्तिम खेलमा पुलिस क्लबले पाहुना टोली श्रीलंका आर्मी टिमलाई ३–१ को सेटमा हराएपनि सेमिफाइनल पुग्न भने सकेन।
पुलिस क्लबले पहिलो सेट ४१–३९ ले आफ्नो पक्षमा पार्यो। टाइगर कपको इतिहासमा पहिलो पटक लामो सेट भएको हो।
संर्घषपूर्ण पहिलो सेट जितेको पुलिस क्लबले दोस्रो सेट भने २५–१३ श्रीलंका आर्मीलाई सुम्पियो।
त्यसपछिका तेश्रो सेट २५–२० र चौथो सेट २५–१७ ले लगतार जिते पनि अन्तिम चारमा पुग्न पर्याप्त भएन।
आजै भएको सूमह ए को प्रतिस्पर्धात्मक खेलमा गण्डकी प्रदेशले टिपटप हेल्प नेपाललाई ३–२ ले जित निकाल्यो।
पहिलो सेट २५–१९ ले जितेको गण्डकीले दोस्रो सेट १५–२५ ले हेल्प नेपाललाई सुम्पियो।
तेश्रो सेटमा २५–१७ ले जितेको गण्डकीले चौथो सेट २५–२२ ले हेल्प नेपाललाई सुम्पियो। पाँचौं तथा अन्तिम सेटमा गण्डकीले १५–१२ ले जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
Shares
प्रतिक्रिया