ad ad

समाज


परिश्रमीलाई देशमै अवसर छ भन्दै गुल्मीकी मनिषालाई ओलीको बधाई

परिश्रमीलाई देशमै अवसर छ भन्दै गुल्मीकी मनिषालाई ओलीको बधाई

नेपालखबर
माघ ४, २०८० बिहिबार १२:२१, काठमाडौँ

यस वर्ष लोकसेवा आयोगले लिएका विभिन्न पदका पाँचवटा परीक्षामा सफल गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्। 

लोकसेवा आयोगद्वारा यस वर्ष लिइएका विभिन्न पदका पाँच परीक्षामा उत्तीर्ण भएकी गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीलाई ओलीले सामाजिक सञ्जालमार्फत बधाई र शुभकामना दिएका हुन्। 

‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरूमा पढेँ। यो सुखद् खबर हो’, उनले भनेका छन्, ‘मिहिनेत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ। मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना!’

जिसीले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तहमा नाम निकालेकी छन्। 

मनिषाले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५ मा पास गरेकी थिइन्। त्यसपछि करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३ वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा २ वर्ष काम गरिन्।

माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा संकायमा पढिरहेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .