पुरानो शिलालेख फुटाएर कैलालीको गोदावरी नगरपालिका मेयरवीरेन्द्र भट्टले प्रशासनिक भवनको दोस्रो पटक उद्घाटन गरेका छन्।
यसअघि नेकपा एमालेबाट निर्वाचित मेयर हरिसिंह साउदले १४ चैत २०७८ गते उक्त भवनको उद्घाटन गरेका थिए।
तर नेपाली कांग्रेसबाट निर्वाचित मेयर साउदले बिहीबार पुरानो शिलालेख तोडफोड गर्न लगाएर नयाँ शिलालेख राखी प्रशासनिक भवनको उद्घाटन गरेका हुन्।
उक्त भवन उद्घाटनका लागि भन्दै मेयर भट्टले नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि भवन क्षेत्रमा तैनाथ गर्न लगाएका थिए।
एउटै भवन दुई पटक उद्घाटन गर्न लागिएपछि कैलालीका दुई ठूला राजनीतिक दलहरूबीच विवाद भएको थियो। एमालेले नगरपालिका कार्यालय घेराउ गरे पनि प्रहरी परिचालन गरेर भट्टले भवन उद्घाटन गरेका हुन्।
यसअघि नै उद्घाटन भइसकेको भवन फेरि उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध गरेको थियो। तर विरोधमा उत्रिएकालाई पाखा लगाउँदै भट्टले भवन उद्घाटनको शिलालेखमा आफ्नो नाम लेखाए।
Shares
प्रतिक्रिया