ad ad

समाज


ललितपुरका यी ठाउँमा जाँदैछ आज ६ घण्टा बिजुली

ललितपुरका यी ठाउँमा जाँदैछ आज ६ घण्टा बिजुली

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०८० शुक्रबार ७:७, काठमाडौँ

ललितपुरको गोदावरी क्षेत्रमा आज (शुक्रबार) ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रले सूचना जारी गरी शुक्रबार बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म विद्युत् आपुर्ती बन्द हुने जानकारी दिएको हो। 

चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको लगनखेल वितरण केन्द्रले जनाएको छ। 

यसबाट गोदावरी नगरपालिकाका ५, ६, ११, १२ र १३ नम्बर वडाका साथै लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानमा विद्युत् आपुर्ती बन्द हुने छ। 

निर्धारित समय अगावै मर्मतको काम सकिए तोकिएको समयअघि नै विद्युत् लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .