राष्ट्रिय परीक्षा बोर्ड यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत दोस्रो सातापछि सञ्चालन गर्ने निर्णय गरेको छ।
आइतबार बसेको बोर्डको बैठकले आगामी चैत्र १५ देखि २७ गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
‘बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट एसईई परीक्षा गर्नुपर्ने थियो। तर, होली पर्वका कारण यस वर्ष परीक्षा मिति केही पछि सार्नुपरेको छ,’ उनले भने।
यस वर्षको एसईई परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्रा छन्।
यो वर्षदेखि परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीलाई ननग्रड गर्ने तयारी बोर्डले गरेको छ।
‘यस वर्षदेखि एसईईमा हरेक विषयमा ३५ प्रतिशत अंक ल्याउनै पर्छ। त्यति अंक नल्याए कक्षा ११ मा भर्ना हुन पाइँदैन,’ उनले भने। एसईईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुने जानकारी उनले दिए।
Shares
प्रतिक्रिया