ad ad

समाज


थुनुवा भगाउने प्रहरी : करोडबाट डिल गरेर लिए ६ लाख, भारत गएर किने ट्याक्सी

परिवारसहित कोलकातामै बसोवास
थुनुवा भगाउने प्रहरी : करोडबाट डिल गरेर लिए ६ लाख, भारत गएर किने ट्याक्सी

नेपालखबर
माघ १३, २०८० शनिबार २१:६, काठमाडौँ

लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी ६ लाख २५ हजार रकम बुझेको पाइएको छ। थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले एक करोड मागेका र कुराकानी गर्दा १० लाखमा डिल भएको भए पनि ६ लाख २५ हजार लिएर थुनावालाई भगाएको खुलेको हो।

घटना २०६४ साल जेठको हो। त्यो पनि, संघीय राजधानी काठमाडौँभित्रै।

नयाँ बानेश्वरबाट पक्राउ भई लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानका क्रममा काठमाडौँ प्रहरीको हिरासत कक्षमा रहेका भारतका असरफ आलम भागे। भगाउने अरु कोही नभएर प्रहरी जवान थिए।

०६४ को जेठ ९ गते राति प्रहरी जवान वीरबल राय यादवले ती थुनुवा भगाएका थिए।

रकम बुझेपछि ती प्रहरी जवान त्यतिबेलैदेखि फरार थिए। उनलाई प्रहरीले गत बिहीबार प्रहरीले नेपाल–भारत सिमानाको काँकडभिट्टाबाट पक्राउ गरेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उक्त घटनामा संलग्न रौतहटको पथरावुधराम घर भएका यादवलाई कार्यालयको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा ती प्रहरीले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखतसमेत गराएका थिए। ‘इन्सपेक्टर सापले बोलाउनुभएको छ’ भनी थुनुवालाई हिरासत कक्षबाट हतकडीसहित बाहिर निकालेर भगाएको अनुसन्धानका क्रममा देखिएको प्रवक्ता रेग्मीले बताए।

प्रतिवादीलाई हिरासतबाट निकाली कालिमाटी–कलङ्की–बुटवल हुँदै भारतको रक्सौल पु¥याएका थिए। 

उनले सो रकमले भारतको कोलकातामा पुगेर दुईवटटा ट्याक्सी खरिद गरे। ‘अहिले उनीसँग नौवटा ट्याक्सी रहेको खुलेको छ,’ प्रवक्ता रेग्मीले भने।

उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्ससमेत बनाएको भन्ने खुल्न आएको जनाइएको छ। उनी हाल भारतको कोलकातामा श्रीमतीसहित बसोबास गर्दै आएको पनि खुलेको छ।

उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

परिसरले आवश्यक अनुसन्धान थालेको जनाएको छ। (राससको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .