ad ad

समाज


रविले भने : समयमा सडक बन्दा खुसी हुनुपर्ने, अझै हामी ढुंगे युगमा हो?

रविले भने : समयमा सडक बन्दा खुसी हुनुपर्ने, अझै हामी ढुंगे युगमा हो?

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८० बुधबार १५:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा अहिले चलिरहेको पूर्वाधार विकासको मोडल परिवर्तन गर्नुपर्ने बताएका छन्। 

बुधबार बसेको राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकनसम्बन्धी विधयेकमाथिको छलफलमा बोल्दै उनले यसो भनेका हुन्। 

पूर्वमन्त्रीसमेत रहेका लामिछानेले कागजी रुपमा उत्कृष्ट भनिने आयोजनाहरू अहिले पनि समयमा नसकिने समस्या उस्तै रहेको बताएका छन्। 

‘यो अत्यन्त नभई नहुने जस्तो कागजी रुपमा हेर्दा लाग्छ। आज कुनै पनि आयोजना समयमा सम्पन्न भएका छैनन्। गुणस्तर त धेरै परको कुरा’, उनले भने, ‘हामीले समयमै कुनै आयोजना सक्यौँ भने त्यो हाम्रा लागि युगिन हुने रहेछ।’

लामिछानेले विकास निर्माणमा पब्लिक, सोसल अडिट र सोसल हेयरिङ हुनुपर्नेमा जोड दिएका छन्। 

‘प्रधानमन्त्रीले एक वर्षे कार्यकाल पूरा गरेपछि  सम्बोधन क्रममा विकास आयोजन अनुगमनका लागि एआई जडित ड्रोनको प्रयोग गर्ने कुरा गर्नुभएको थियो’, उनले भने, ‘यदि त्यसो भएको भए मैले हालसालै एउटा आयोजनाको पैदल अनुगमन गरे। त्यस्तो प्रबिधि थियो भने त मैले त्यसो गर्न पर्दैन थियो होला।’

लामिछानेले कुनै सडक बन्दा अहिले पनि भाइरल हुने गरेको बताए। ‘सडक बन्दा भाइरल रे!, यस्तो दुनियाँमा कहाँ हुन्छ? हामी ढुङ्गे युगमा हो?’, उनले भने, ‘हाम्रो समितिले कहिँ अनुगमन गर्‍यो? अनुगमन समिति वा टोलीले पत्ता लगाएको आधारमा काम नगर्नेलाई हामी अहिले दण्डित गर्नसक्ने अवस्थामा छौँ? बरु उल्टै पुरस्कार मिल्छ।’

उनले अब देशलाई डिपिआर आतंकबाट बाहिर निकाल्न आवश्यक रहेको बताएका छन्। लामिछानेले वास्तविक निर्माण र अनुगमनको संसारमा कहिले प्रवेश गर्ने भनेर पनि प्रश्न गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .