ad ad

समाज


राति यी क्षेत्रमा पानी तथा हिउँ पर्ने सम्भावना

राति यी क्षेत्रमा पानी तथा हिउँ पर्ने सम्भावना

फाइल फाेटाे : कर्णाली


नेपालखबर
माघ २०, २०८० शनिबार २१:४९, काठमाडौँ

हाल पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली भएको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

यस क्रममा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा छिटपुटदेखि हल्कावर्षा हुने सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा साथै बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले  दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .