ad ad

समाज


ज्वाइँ–जेठान मिलेर कन्सल्टेन्सी खोले, युरोप पठाउने भन्दै ठगे ५५ जनालाई

ज्वाइँ–जेठान मिलेर कन्सल्टेन्सी खोले, युरोप पठाउने भन्दै ठगे ५५ जनालाई

नेपालखबर
माघ २४, २०८० बुधबार २१:२१, काठमाडौँ

अर्कैको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी खोलेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–३ घर भई हाल ललितपुरको नख्खु मिलनटोल बस्ने बलिराम सिहंको छोरा वर्ष ३५ को रामेश्वर सिंह र सोही ठाउँका २७ वर्षीय सरोज यादव नाम बताउने राम सेवक सिंह रहेका छन्।

राजकुमार बजगाई समेत ५५ जनालाई वैदेशिक रोजगारीको लागि युरोप मुलुक पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्छ, युरोप मुलुक पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १ लाख ५५ पचपन्न हजार रुपैयाँ तलव हुन्छ भनी उनीहरुले विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको आरोप छ।

उनीहरूले पीडितबाट पटक पटक गरी ६३ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा माघ २३ गते ललितपुरको मिलनटोलबाट पक्राउ गरेको हो। उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा निम्न कुराहरू खुल्न आएका छन्ः
रामेश्वर सिंह बजाज ओभरसिसमा मिति २०७४ सालदेखि कर्मचारीको रुपमा १ वर्ष काम गरी वैदेशिक काम सिकेको।

मिति २०७४ सालको फागुनमा भेरी ओभरसिस किनेर संचालन गरेकोमा २०० जनालाई ३ करोड ठगी गरेकोमा १ वर्ष ६ महिना जेल बसेर निस्केको।

भेरी ओभरसिसमा विदेश जान पेश गरेकोमा सरोज यादव नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाण प्रत्रमा आफ्नो ज्वाई नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी विराट कन्सलटेन्सी विर्तामोड गडीमाई कन्सलटेन्सी काठमाडौं कमलमाई कन्सलटेन्सी दर्ता गरी  ४८ जनाबाट रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसिया पठाउने भनी प्रतिव्यक्ती  ७ लाख सम्म रकम उठाएको।

सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैंक, एनआईसी एसिया बैंक र कामना विकास बैंकमा खाता खोली कारोबार रामसेवक सिंहबाट गर्ने गरेको।
सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादव धनुषा मै रहेको निजहरुलाई आफ्नो नागरिकता दुरुपयोग भै धेरै व्यक्ति ठगिएको जानकारी नभएको, उनीहरु सबै जना गाउँमा कृषि पेशा गरी बसेको।

पीडितहरूले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिएकोमा यस कार्यालयबाट निजहरुलाई खोज्ने क्रममा अनुसन्धान गर्दै जाँदा ठगी कार्यमा रामेश्वर सिंहले आफ्नो  ज्वाई नाता पर्ने  राम सेवक सिंह को फोटो टासी उल्लेखित व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुल्न आएको।

निज रामेश्वर सिंहलाई २०७४ सालमा ठगी मुद्दा चली १ वर्ष ६ महिना कैद भएको।

मिति २०७८ सालमा ठगी मुद्दामा फरार रहेको।

मिति २०७९ सालमा सिन्धुली जिल्लामा लागुऔषध मुद्दा चली २४ दिन कैद र २००० जरीवाना भएको।

निजहरुको साथबाट विभिन्न ब्यक्तिको नाममा काटिएको ६० लाख बराबरको २५ थान चेक र ९ वटा सिम कार्ड फेला परेको।

निजहरु उपर ठगी, किर्ते जालसाजी, बैकिङ कसुर लगायतका  अपराध मुद्धामा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .