सरकारले हुलाक कार्यालयको पुनर्संरचना थालेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हुलाकको पुनर्संरचना गर्ने गरी एक पालिका एक हुलाक कार्यान्वयन गर्ने निर्णय लिएको हो।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णय भएको बताइन्।
उनले केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय पनि खारेज गरिएको बताएकी छन्।
मन्त्री शर्माका अनुसार पुनर्संरचना अघि बढेसँगै हुलाक कार्यालयअन्तर्गतका १६ सय ३६ जना कर्मचारीको दरबन्दी खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
114
Shares
प्रतिक्रिया