ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा एक महिला र उनका दुई छोराछोरीको पनि मृत्यु भएको छ।
आमा रविना महर्जन घरको तीन तलाबाट हाम फालेपछि प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो। तर उनको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
उनका ६ वर्षीय छोरा अश्वेत महर्जन र दुई वर्षीया छोरी अचेत अवस्थामा भेटिएका थिए। उनीहरुलाई पनि उद्धार गरेर अस्पताल लगिए पनि उपचारको क्रममा दुवै छोराछोरीको पनि किष्ट अस्पतालमै मृत्यु भएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
1.4k
Shares
प्रतिक्रिया