ad ad

समाज


सीसीटीभी दृष्यमा चौधरी कोठा भित्र–बाहिर गरेको देखिन्छ, दुवै रिपोर्ट सार्वजनिक गर्दैछौं : प्रहरी

सीसीटीभी दृष्यमा चौधरी कोठा भित्र–बाहिर गरेको देखिन्छ, दुवै रिपोर्ट सार्वजनिक गर्दैछौं : प्रहरी

नेपालखबर
माघ २७, २०७६ सोमबार १२:५५,

सोमबार बिहान रहस्यमयरुपमा आफ्नै घरमा मृत फेला परेकी मुना कार्कीको शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ।

नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी ४९ वर्षीया श्रीमती मुना सानेपास्थित घरमा अचेत अवस्थामा भेटिएकी थिइन् भने उनकै घरमा कार्यरत् विजय चौधरी सोही घरको अर्को कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।

प्रहरीले घट्नास्थलको प्रारम्भिक छानविन गरेपछि मुना कार्की घरको डाइनिङ कोठामा रगतपिच्छे र अचेत अवस्थामा भेटी अस्पताल पठाएको बताएको थियो।

सोही घरमा जडान गरिएका सीसी क्यामेराका दृष्यका आधारमा कामदार चौधरीले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ।

‘सो दृष्यमा चौधरी डाइनिङ कोठामा भित्र बाहिर गरेको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले नेपालखबरलाई बताए। ‘थप अध्ययन भइरहेको छ।’

ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलकी प्रवक्ता एसपी दुर्गा सिंहले प्राविधिक टोलीले सीसी क्यामेरा फूटेज अध्ययन गरिरहेको र पाटन अस्पतालमा शव पोष्टमर्टम पनि भइरहेको बताइन्।

‘दुवैतर्फको रिपोर्टहरु आएपछि हामी एकैचोटि सार्वजनिक गर्छौं,’ एसपी सिंहले नेपालखबरसँग भनिन्।

ललितपुर महानगरपालिका–२ सानेपामा कामदार विजय चौधरी मृत अवस्थामा र मुना अचेत अवस्थामा फेला परेपछि प्रहरीले नजिकैको स्टार अस्पताल पुर्याएको थियो।

एकाबिहानै पशुपति दर्शन गर्न गएका पूर्वसचिव अर्जुन कार्कीले घर फर्कँदा एक्कासी उक्त विभत्स दृश्य देखेका थिए। त्यसलगत्तै उनी बेहोस भएको बताइएको छ। पछि कार्कीले चिच्याएपछि वरपर हल्लाखल्ला भएको थियो र प्रहरी घट्नास्थल पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .