ad ad

समाज


आज भ्यालेन्टाइन डे, तपाईंको प्रेम र सम्बन्ध कस्तो रहला? हेर्नुस् फागुन २ को राशिफल

आज भ्यालेन्टाइन डे, तपाईंको प्रेम र सम्बन्ध कस्तो रहला? हेर्नुस् फागुन २ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन २, २०८० बुधबार ५:२, काठमाडौँ

मेष : महत्त्वहीन र बेकारका काममा समय नबिताउनु। सामान हराउने वा चोरी हुने भय छ। केही नयाँ योजना बनाएर मात्र काम गर्नु होला। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ त्यसले नयाँ विचार र विवेक बढेर जानेछ।

आजको भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ७ रहेको छ।

प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।

खुट्टा तान्नेहरू सल्बलाउन खोज्छन्, मनमा सद्‌विचार राख्नु होला। भरिसक्के लामो यात्रा नगर्दा राम्रो हुनेछ।

वृष : नयाँ कार्यको थालनी हुनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। रमणीय र सुखद यात्राको योग छ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ४ रहेको छ। यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७५, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ। 

त्यस्तै, स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज घरबाट निस्कँदा दही खाने र झुट नबोल्ने।

मिथुन : पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन्। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।

यो राशिको आज भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ६ रहेको छ।

प्रेम र सम्बन्धमा ५०, व्यापारमा ५४, सेयर बजारमा ५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुने आज निमुखा प्राणीलाई खानेकुरा दिँदा राम्रो हुनेछ भने छलकपट नगर्नु होला। 

कर्कट : क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ। नयाँ कामका विभिन्न अवसर फेला पनि पर्नेछन्। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिसराग नियन्त्रण गर्न जरूरी छ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क १ रहेको छ।

प्रेम र सम्बन्धमा ७५, व्यापारमा ८०, सेयर बजारमा पनि ८०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुनेले आज हनुमानजीको दर्शन गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगर्दा राम्रो।

सिंह : आफ्नो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। निर्णायक क्षमतामा कमी आउनेछ। स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ।

यो राशिको आज भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ५ रहेको छ।

प्रेम र सम्बन्धमा ५९, व्यापारमा ३५, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ८१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भोकालाई भोजन दिँदा चिन्तित मनमा आनन्द मिल्ला। उत्तर दिशातर्फको यात्रा त्यति फलदायी देखिँदैन।

कन्या : मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। रोकिएका काम बन्नेछन्। दाम्पत्य जीवन सुखमय हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ।

यो राशिको आज भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ८ हो।

प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ। 

स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज पितृ देवताको आशीर्वाद लिएर दिनको सुरुआत गर्दा राम्रो हुनेछ। कुभलो चिताउनेहरू सक्रिय बन्ने छन्, सजिलै अरूको विश्वास नगर्नु होला।

तुला : आफन्त र प्रिय व्यक्तिसँग भेटघाट होला। पुनर्मिलनको योग रहेको छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।

आजको भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ।

प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५८, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ।

भगवान् शंकरजीको दर्शन गर्नु बेस हुनेछ भने कालो रङ्गको प्रयोग त्यति फलदायी देखिँदैन।

वृश्चिक : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहार(विहारको भने ख्याल गर्नुहोला।

भाग्यशाली रङ्ग पहेँलो हो र भाग्यशाली अङ्क ९ रहेको छ।

प्रेम र सम्बन्धमा ५५, व्यापारमा ४९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

आज स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ।

आज विद्यार्थीलाई सहयोग गरेमा सरस्वती प्रसन्न हुनेछिन्। रिस गर्नेको कमी नहुने हुनाले सजिलै अरूको विश्वास नगर्नु होला।

धनु : शुभ-अशुभ दुवै समाचार सुनिएला। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा पैसा खर्च हुने योग र नयाँ कार्यको थालनी हुनेछ।

आजको भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क २ रहेको छ।

प्रेम र सम्बन्धमा ३४, व्यापारमा ५६, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य सबलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज रोगीलाई सहयोग गर्ने र तामसिक भोजन नगर्ने।

मकर : शुभ कार्यको योग छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेमीसँग मधुर मिलन पनि हुनेछ।

भाग्यशाली अङ्क ७ रहेको छ भने प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७,  वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, सबलता ५७, यात्राको सम्भावना ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ।

प्यासीलाई पानी दिनाले मनमा शान्ति मिल्नेछ। खैरो रङ्गको प्रयोग नगरेकै बेस।

कुम्भ : भोजभतेरमा सहभागिताको अवसर मिल्नेछ। सामाजिक कार्यमा मन जाला। प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुर्‍याउन सहयोग गर्नेछ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।

भाग्यशाली अङ्क ४ रहेको छ भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६५ र शिक्षामा पनि ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै, आज स्वास्थ्यले ८० प्रतिशतसम्म साथ दिनेछ। यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुनेले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङ्गको प्रयोगले त्यति राम्रो फल दिँदैन।

मीन : आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। टाढिएका मित्रसँग नजिकिने समय छ।

भाग्यशाली रङ्ग रातो हो भने भाग्यशाली अङ्क ५ रहेको छ।

प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ।

यो राशि हुनेले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। छलकपट गर्नाले आफैँलाई हानि गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .