ad ad

समाज


चुरोटको ठुटो ननिभाई फ्याँकिन्, त्यसैबाट सल्केको आगोले ज्यान गयो

चुरोटको ठुटो ननिभाई फ्याँकिन्, त्यसैबाट सल्केको आगोले ज्यान गयो

नेपालखबर
फागुन २, २०८० बुधबार १४:२, काठमाडौँ

धादिङमा एकजना महिलाले आफैंले खाएर फ्याँकेको चुरोटको ठुटोका कारण ज्यान गुमाउनु परेको छ। 

धादिङको गल्छी गाउँपालिका-८ तेर्सेडाँडास्थित जंगलमा एकजना ५५ वर्षीया महिलाले आफैंले खाएर फ्याँकेको चुरोटको ठुटोका कारण ज्यान गुमाएकी हुन्। 

थाक्रे गाउँपालिका-११ हलदुम बस्ने ५५ वर्षीया भगवती रेग्मी मंगलबार बिहान सालको पात टिप्न जंगलमा गएकी थिइन्। 

चुरोटकी अम्मली उनी रुखबाट सालको पात भुइँमा झारेर जम्मा गर्दै गर्दा आगो लागेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सालको पात जम्मा गर्ने क्रममा एक्कासि नजिकै सुकेको पातहरूबाट आगो सल्किँदा उनको शरीरको ६५ प्रतिशत भाग जलेको थियो। 

जलेर गम्भीर घाइते उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। तर उनको मंगलबार दिउँसो २ बजे उपचारका क्रममा ज्यान गएको छ। 

प्रहरीका अनुसार चुरोटकी अम्मली उनले सालको पात टिप्ने क्रममा चुरोट पिएर त्यसको ठुटो ननिभाई भुइँमा फ्याँकेकी थिइन्। घटनास्थलमा अनुसन्धानका क्रममा प्रहरीले त्यही चुरोटको ठुटोबाट सल्किएको आगो फैलिएर रेग्मी जल्न पुगेको निष्कर्ष निकालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .