ad ad

समाज


मेलम्ची भ्रष्टाचारमा माओवादी नेता थापा पनि मुछिए, ७१ करोड बिगोसहित मुद्दा

मेलम्ची भ्रष्टाचारमा माओवादी नेता थापा पनि मुछिए, ७१ करोड बिगोसहित मुद्दा

फाइल तस्बिर


नेपालखबर
फागुन ६, २०८० आइतबार १९:४, काठमाडौँ

मेलम्ची खानेपानी विकास समितिको करिब ७ अर्ब भ्रष्टाचार प्रकरणमा सत्तारुढ नेकपा माओवादी केन्द्रका एकजना केन्द्रीय नेता पनि मुछिएका छन्। 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ निवासी माओवादीका वैकल्पिक केन्द्रीय सदस्य चन्द्रबहादुर थापा ‘किशोर’विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध अख्तियारले ७१ करोड ५८ लाख ३७ हजार ६ सय ४३ रुपैयाँ ९१ पैसा बिगो मागदाबीसहित मुद्दा चलाएको हो।

मेलम्ची खानेपानी आयोजना निर्माण अघि बढेपछि सिन्धुपाल्चोकका प्रभावित क्षेत्रलाई ह्योल्मो सिन्धु मेलम्ची उपत्याका सामाजिक उत्थान कार्यक्रमका नाममा पठाएको बजेट हिनामिनामा उनी मुछिएका हुन्। उनी सशस्त्र संघर्षकालीन पुराना माओवादी नेता हुन्। 

मेलम्ची आयोजनाबाट प्रभावित क्षेत्रहरूका लागि गठित समितिको अध्यक्षका रुपमा थापाले करिब ६ वर्षसम्म काम गरेका थिए। त्यसपछि थापा मेलम्ची आयोजना प्रभावितहरूको तर्फबाट मेलम्ची खानेपानी आयोजना बोर्ड सदस्य बन्न सफल भएका थिए। 

त्यही बोर्ड सदस्यका रुपमा काम गरेका बेला थापामाथि ७१ करोड बढीको भ्रष्टाचार मुद्दा लागेको हो। उनी माओवादी सिन्धुपाल्चोक सेक्रेटरीसमेत भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .