ad ad

समाज


७१ वर्षअघिका फैसला सार्वजनिक गर्दै सर्वोच्च

पहिलो प्रधानन्यायाधीशका फैसला भेटिए, नियुक्ति भेटिएन
७१ वर्षअघिका फैसला सार्वजनिक गर्दै सर्वोच्च

रानीपोखरीस्थित प्रधान न्यायालय तस्बिर (इन्सेटमा पहिलो प्रधानन्यायाधीश प्रधान) : सर्वोच्च अदालत


नेपालखबर
फागुन ७, २०८० सोमबार १४:४४, काठमाडौँ

सर्वोच्च अदालतले पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको पालाका फैसला सोमबार सार्वजनिक गर्दैछ।

सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिका अध्यक्ष हरिप्रसाद फुयाँलका अनुसार पहिलो प्रधानन्यायाधीशको पालाका फैसला लामो समयको अध्ययनपछि सार्वजनिक गर्न लागिएको हो। 

उनले सोमबबार सर्वोच्चमा आयोजित कार्यक्रममा पहिलो प्रधानन्यायाधीश प्रधानको फैसलाहरू भेटिएका बताए।

तर पहिलो प्रधानन्यायाधीशका रुपमा त्यसबेला उनलाई गरिएको नियुक्तिपत्र र वैयक्तिक विवरण भने नभेटिएको जानकारी उनले दिएक छन्।

फुयाँलका अनुसार वि.सं. २००९ देखि २०११ सालको बीचमा भएका फैसला आज सार्वजनिक गरिँदै छ।

फुयाँलले सर्वोच्च अदालतमा वि.सं. १९९१ सालदेखिका प्रधान न्यायालयका राय किताबहरू भेटिएका पनि जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .