त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा काठमाडाैँकाे प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरेको ब्युराेका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी भइरहेको पनि बोगटीले बताए।
याे प्रकरणमा चन्द्र घले र मीनबहादुर घलेसहितका प्रतिवादीलाई काठमाडौँ जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भएको थियो।
दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।
‘दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए। गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको छ,’ बाेगटीले भने।
Shares
प्रतिक्रिया