मगर दिवसको अवसरमा सर्लाहीको लालबन्दी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
देशैभरका मगर समुदायले आज विभिन्न कार्यक्रम गरेर ४२औँ राष्ट्रिय मगर एकता दिवस मनउँदै छन्।
लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले जारी गरेको सूचनामा आज नगर क्षेत्रका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, शिक्षण संस्था, वित्तिय संस्था लगायतका कार्यालयमा बिदा हुने उल्लेख छ।
27
Shares
प्रतिक्रिया