काठमाडौंको नयाँ बानेश्वरिस्थित संसद भवन परिसर प्रवेश गरेका ४९ जना लघुवित्त पीडित रिहा भएका छन्।
सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।
सोमबार (फागुन १४ गते) नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रबाट संसद् भवन परिसरमा छिरेर प्रदर्शन गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए।
४८ महिला र एक पुरुष गरी ४९ जना लघुवित्त पीडितहरूलाई प्रहरीले मुद्दा चलाउन म्याद थप गरेको थियो।
घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन्।
39
Shares
प्रतिक्रिया