सिन्धुलीमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
दुधौली नगरपालिका–१ हत्पते डाँडास्थित गागनबाट लङ्गुरखोला जाने भित्री सडक खण्डमा प्र २–०४–००१ च ००५६ नम्बरको योद्दा बोलेरो दुर्घटनामा परेको हो।
महोत्तरी जिल्लाबाट सिन्धुलीको लङ्गुरखोला महादेव मन्दिर दर्शन गर्न जाँदै गरको सो गाडी आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० फिट तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडीमा सवार मध्ये १२ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते दुई जनाको अवस्था गम्भीर छ।
चालक महोत्तरीको गौशला नगरपालिका ११ बस्ने अन्दाजी वर्ष ४२ को विनोद कुमार यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।
घाइतहरूको विवरण
बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको
१) जिल्ला महोत्तरी गौशला नपा ११ बस्ने वर्ष अ. ४२ को पवन यादव टाउकोमा चोट, अवस्था सामान्य
२) ऐ. बस्ने अ. वर्ष ४० की ललिता देवी यादव ढाडमा चोट सामान्य
३) ऐ.बस्ने अ. वर्ष ४० की रामकुमारी महतो ढाड, टाउकोमा चोट अवस्था सामान्य
४) ऐ. बस्ने अ. वर्ष ७५ को रामएकचाल सिंह ढाड, टाउकोमा चोट अवस्था सामान्य
५) ऐ. बस्ने अ. वर्ष ५० की विवा कुमारी सिंह टाउको कानमा चोट अवस्था मध्यम
६) ऐ. बस्ने अ. वर्ष ४० की चन्द्र कुमारी सिंह बायाँ हात र ढाडमा चोट अवस्था सामान्य
७) ऐ. बस्ने अ. वर्ष ३५ की निलम यादव ढाड, टाउको, बाँया हातमा चोट अवस्था सामान्य
भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको
८) जिल्ला धनुषा मिथिला नपा ६ वस्ने वर्ष २० को धिरज सिंह टाउको र ढाडमा चोट अबस्था सिरियस
९) ऐऐ बस्ने वर्ष ३० की सोभा सिंह टाउकोमा चोट अबस्था सिरियस
१०) ऐऐ बस्ने पर्ष २४ की मञ्जु सिंह नाकमा चोट अबस्था मध्यम
११) ऐऐ बस्ने वर्ष २१ की अन्जु सिंह निधारमा चोट अबस्था सामान्य
१२) ऐऐ बस्ने वर्ष ५० को राम अबतार महत्तो ढाडमा चोट अबस्था मध्यम
Shares
प्रतिक्रिया