मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले अहिले बनेको नयाँ सरकार र यसका संयन्त्रहरू आफ्नो अभियानबाट त्रसित भएको टिप्पणी गरेको छ।
अभियानका अध्यक्ष प्रसाईंले शनिबार जारी गरेको विज्ञप्तिमा सरकार र विभिन्न संयन्त्रहरू त्रसित मात्रै नभई यसको जरो नै हल्लिएको उल्लेख गरिएको छ।
‘..अलिकति पनि नैतिक धरातलको ख्याल नगरी नांगो रुपमा राज्य दोहनमा उत्रिएको वर्तमान नालायक तथा नकचरी सरकार र सय संयन्त्रहरू हाम्रो अभियानदेखि त्रसित मात्र छैन यसको जरो नै हल्लिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बारे टिप्पणी गर्दै हतारहतार सरकारमा सहभागी हुनु दुःखद भएको पनि उल्लेख छ।
नयाँ गठबन्धन बनेकै दिन आफ्नो अभियानको बर्दिया अध्यक्ष सहित केही अभियान्ता थुनिएकोप्रति ध्यानाकर्षण गराउँदै प्रसाईंले अविलम्ब छिटो रिहा गर्न माग समेत गरेका छन्।
अर्थमन्त्री वर्षमान पुनले अभियानले उठाएका मुद्दालाई लिएर भ्रामक र झुटो प्रचार गरेको भन्दै उनले निन्दा समेत व्यक्त गरेका छन्।
Shares
प्रतिक्रिया