ad ad

समाज


एनआरएनसम्बन्धी कानुन जारी गर्न कानुनमन्त्री गिरी सकरात्मक

एनआरएनसम्बन्धी कानुन जारी गर्न कानुनमन्त्री गिरी सकरात्मक

नेपालखबर
फागुन २७, २०८० आइतबार ९:११, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी कानुन तथा नियमावली अविलम्ब अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँग शनिबार मन्त्री निवासमा भएको भेटवार्ताका क्रममा मन्त्री गिरीले सो प्रतिबद्धता जनाएका हुन्।

भेटवार्तामा संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता, दोहोरो कर छुटसम्बन्धी निर्देशिका तत्काल जारी गर्न आग्रह गर्दै गैरआवासीय नेपाली नागरिकता लिएपछि पनि त्यसको कार्यान्वयनमा भएका अड्चनबारे मन्त्रीलाई जानकारी गराएका थिए।

उनले नेपालको संविधानले परिकल्पना गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रत्याभूति हुने गरी सरकारलाई कानुन ल्याउन आग्रह गरेका थिए।

भेटमा मन्त्री गिरीले गैरआवासीय नेपालीसम्बन्धी कानुन तथा नियमावलीलाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएका थिए।

नेपाल सरकारले गत अक्टोबरदेखि जारी गरेको गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले अझै पनि नेपाल जाँदा भिसा लिनुपर्ने, मालपोत, अध्यागमन, बैंकलगायत क्षेत्रमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा समस्या देखिएपछि अध्यक्ष डा. केसीले मन्त्रीको ध्यानार्कषण गराएका हुन्।

संघले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयन र संशोधनका लागि प्रस्तावित गैरआवासीय नेपाली ऐन अघि बढाउन सरकारसँग माग गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .