धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जीप उदयपुरकाे बेलका नगरपालिका-७ मैनामैनीस्थित चुहारमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।
पछिल्लो पटक घटनास्थलबाट उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन लगिएका एक यात्रुको ज्यान गएसँगै मृतकको संख्या ८ पुगेको हो।
यसअघि घटनास्थलमा उद्धारका क्रममा एक यात्रुको शव भेटिएको थियो। बोलेरोमा जम्मा १७ जना यात्रु सवार रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईका अनुसार काे १ ज २५९३ नम्बरकाे बोलेराे दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको हो।
प्रहरीका अनुसार दुर्घटनाका ज्यान गुमाउनेहरूमा जीप चालक रमेश बस्नेतसहित छन्। मृतकहरूमा ५ जना पुरुष, ३ महिला छन्। ५ पुरुषमा एकजना नाबालक हुन्।
ज्यान गुमाउनेहरू
मनबहादुर बस्नेत (चालक) : हतुवागढी-२, भोजपुर
चन्द्रप्रकाश राई : हतुवागढी-२, भोजपुर
दिशान राई : हतुवागढी-२, भोजपुर
पदमबहादुर थापा : बराहक्षेत्र-३ सुनसरी
किसन राई : हतुवागढी-५, भोजपुर
पर्वतमाया राई : हतुवागढी-५, भोजपुर
रामकुमारी राई : हतुवागढी-२, भोजपुर
कमला अधिकारी : इटहरी उपमहानगर, सुनसरी
घाइतेहरू
विशेष पराजुली
सावित्रा राई
मिनु राई
शान्ति राई
सविना परियार
गायत्री कटुवाल (रमा)
सुशील परियार
कलसुङ राई
निकिता कटुवाल
Shares
प्रतिक्रिया