ad ad

समाज


सुन तस्करी प्रकरणमा पक्राउ परेका जीवन गुरुङ १५ लाख धरौटीमा छुटे

सुन तस्करी प्रकरणमा पक्राउ परेका जीवन गुरुङ १५ लाख धरौटीमा छुटे

नेपालखबर
चैत ५, २०८० सोमबार १७:१, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका काठमाडाैँकाे प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। 

गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १३ फागुनमा सामाखुसीबाट पक्राउ गरेको थियो। 

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा अन्य व्यक्ति थुनामा छन्।

पर्वतको फुलबारी-२ घर भएका गुरुङ काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष हुन्।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिए। याे प्रकरणमा चन्द्र घले र मीनबहादुर घलेसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भएको थियो।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि उनलाई  प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .