ad ad

समाज


भारततिर लैजाँदै गरेको ५५ किलो गाँजा दशगजाबाट बरामद

भारततिर लैजाँदै गरेको ५५ किलो गाँजा दशगजाबाट बरामद

नेपालखबर
चैत ६, २०८० मंगलबार १५:९, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीले नेपाल-भारत सीमाक्षेत्रबाट ५५ किलो ५ सय ग्राम गाँजा बरामद गरेको छ।

सोमबार राति ९ बजे सुनसरीको बर्जु गाँउपालिका–४ इटहरीस्थित दशगजानजिक मकैबारीबाट सशस्त्र प्रहरीले उक्त गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल बीओपी हर्वानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक अर्जुन कार्कीको कमाण्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्ती टोली र सशस्त्र प्रहरी बल नेपाल बीओपी अमडुवाबाट सशस्त्र प्रहरी सहाकय निरीक्षक ललित खड्काको कमाण्डमा खटिएको २ जनाको मोटरसाइकल गस्ती टोलीले उक्त गाँजा बरामद गरेको हो।

सशस्त्रको टोलीलाई देखेपछि गाँजा बोक्ने चारजना भरिया त्यहीँ छाडेर भारततर्फ भागेका थिए। उनीहरूले टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै थिए।

बरामद गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सीतागन्जमा बुझाइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए। गणले यसअघि पनि एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .