काम गर्ने क्रममा भिरबाट खसेर मृत्यु भएका मजदुरको शव सशस्त्र प्रहरीले साढे दुई घण्टाको प्रयासमा निकालेको छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका -१ जिमिरेस्थित करुवा सेती हाइड्रोपावरमा काम गर्ने एकजना मजदुर बिहीबार दिउँसो काम गर्ने क्रममा अचानक भिरबाट ३ सय मिटर तल खसेका थिए। त्यसक्रममा उनले ज्यान गुमाएका थिए।
गोरखाको सहिद लखन गाउँपालिका-२ घर भएका ५० वर्षीय यामबहादुर थापाको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गणको विशेष विपद् उद्बार टोलीले डोरीको सहयोगमा निकालेको हो।
थापाको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएको सशस्त्रका केन्द्रीय सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
684
Shares
प्रतिक्रिया