असत्यमाथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ।
यहाँ बसोबास गर्ने अछामी समुदायले भिन्न तरिकाले होली मनाउने गरेका छन्भने डडेल्धुराको रुपाली होली भिन्न छ। त्यसैगरी, दार्चुला र बैतडीबाट बसाइँ सरी आएकाले होली भिन्न तरिकारले मनाउने गरेका छन्।
‘हाम्रो अछाममा सेतो जामासहितको लुगा लगाएर रङ नलगाई होली खेल्ने गरिन्छ’, उनले भने, ‘अहिले संस्कृति संरक्षणका लागि बसाइँ सरी जो जहाँ छौँ, त्यही होली मनाउने गरेका छौँ।’
दार्चुलाबाट कञ्चनपुर बसाइँ सरी आएकाको पनि भिन्न होली छ। पाँच दिनसम्म आफन्तको घर–घरमा गएर होली खेल्ने र एकापसमा शुभकामना आदानप्रदान गर्ने गरेको मालिकार्जुन सेवा समितिका सचिव ओमकारप्रसाद विष्टले बताए।
‘हामी लगातार पाँच दिनसम्म होली मनाउँछौँ’, उनले भने, ‘हाम्रो होलीमा रङ्ग दल्ने मात्रै नभई लोकगाथा र लोकबाजाका साथमा नाच प्रदर्शन गर्छौं।’
उनले दार्चुलाबाट बसाइँ सरी कञ्चनपुरमा आएदेखि नै यहाँ मौलिक रुपमा होली पर्व मनाउन थालेको बताए। रासस
Shares
प्रतिक्रिया