डोटीको आदर्श गाउँपालिका-२ कुचेडामा घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर स्थानीय ६० वर्षीया भागादेवी ओझाको आइतबार दिउँसो मृत्यु भएको छ।
माटोको ढिस्कोले च्यापिएर ५० वर्षीया पार्वती खड्का घाइते भएकी छन्। उनको कम्मरमुनिको भाग च्यापिएको अवस्थामा उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी मौवा हुँदै जिल्ला अस्पताल डोटी पठाइएको छ।
माटोको ढिस्को खसेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आदर्श डोटीबाट प्रहरी टोली खटिएर उद्धार गरेको थियो।
शनिबार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ की २१ वर्षीया निर्मला रोस्याराले ज्यान गुमाएकी थिइन्।
12
Shares
प्रतिक्रिया