स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव तथा दन्त चिकित्सक डा. प्रवीण मिश्रको निधनले पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई स्तब्ध भएका छन्।
कार्डियोभास्कुलर डिजिज (मुटु अथवा रक्त नलीसम्बन्धी रोग) का कारण डा. मिश्रको मंगलबार निधन भएको हो।
लामो समय आफ्नो निजी दन्त चिकित्सक तथा नयाँ शक्ति पार्टी निर्माणका क्रममा निकट सहयात्री रहेका डा. मिश्रको निधनले आफू स्तब्ध भएको डा. भट्टराईले उल्लेख गरेका छन्।
‘पूर्वस्वास्थ्य सचिव तथा वरिष्ठ दन्त चिकित्सक डा. प्रवीण मिश्रको आकस्मिक निधनमा स्तब्ध छु’, डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँ लामो समयसम्म मेरो निजी दन्त चिकित्सक पनि हुनुहुन्थ्यो। नयाँ शक्ति निर्माण अभियानको प्रारम्भिक चरणमा निकट सहयात्री हुनुहुन्थ्यो।’
डा. भट्टराईले उनीप्रति हार्दिक श्रद्धान्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
Shares
प्रतिक्रिया