प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।
नयाँ गठबन्धन बनेपछि प्रचण्डलाई भेट्न देउवा नेता कृष्ण सिटाैला लाई साथमा लिएर बिहीबार बिहान (चैत १५) पहिलाेपटक बालुवाटार पुगेका हुन्।
भेटमा देउवालाई संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्। प्रधानमन्त्रीको आग्रहमा देउवाले सकारात्मक जवाफ दिएका स्रोतले जनाएको छ।
यस्तै संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा पनि दुई नेताबचि छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए।
संवैधानिक परिषद्को विषयमा पनि छलफल भएको छ। प्रधानमन्त्री प्रचण्डले यही चैत १८ गते संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
555
Shares
प्रतिक्रिया