सचिव बढुवा सिफारिस समितिले एकवटा सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीनजना सहसचिवहरू डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको हो।
पहिलो नम्बरमा सिफारिस डा. लम्साल सुदूरपश्चिम प्रदेशको कायम मुकायम प्रमुख सचिव छन्।
उता शर्मा कोशी प्रदेशको निमित्त प्रमुख सचिवका रुपमा छन्। पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अवकाशमा जानुपहिले नै राजीनामा दिएका थिए। त्यहीकारण उक्त पद रिक्त थियो। उक्त पदका लागि लम्साल, शर्मा र पौडेलको नाम सिफारिस भएको हो।
सिफारिस भएका यी ३ मध्ये १ जनालाई बिहीबार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवाको निर्णय लिने भएको छ।
Shares
प्रतिक्रिया