ad ad

समाज


त्रिशूलीमा ट्याक्सी खस्यो: पाँचै मृतक गोरखा एउटै वडाका, एक युवक बेपत्ता

त्रिशूलीमा ट्याक्सी खस्यो: पाँचै मृतक गोरखा एउटै वडाका, एक युवक बेपत्ता

दुर्घटनास्थल। तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल


नेपालखबर
चैत १७, २०८० शनिबार १०:१९, काठमाडौँ

आज (शनिबार) बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँचै जना गोरखास्थित गोरखा नगरपालिकाको एकै वडाका बासिन्दा भएको प्रहरीले जनाएको छ। 

त्रिशूलीमा खसेको ट्याक्सी

आज बिहान बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५, सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँचै जनाको ठेगाना गोरखा नगरपालिकाको वडा नम्बर ७ रहेको हो। 

मुग्लिन प्रहरीका अनुसार दुर्घटनामा उक्त ठेगनाका ट्याक्सी चालक ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार ४१ वर्षीया हरिमायां रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन रोकायको मृत्यु भएको हो। 

एक यात्रु भने बेपत्ता छन्। उनी पनि गोरखा नगरपालिका–७ कै १८ वर्षीय दिवश रोकाय रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .