ad ad

समाज


पोखरामा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

पोखरामा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

नेपालखबर
चैत १८, २०८० आइतबार १९:४३, काठमाडौँ

पोखरा महानगरपालिकाले ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाएको छ।

नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै पनि प्रकारका कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासोबीच महानगरपालिकाले अघिल्लो वर्ष पनि यस्ता कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो। तर, त्यसको कार्यान्वयन भने भएन।

एसइईपश्चात् विद्यार्थीलाई कक्षा ११ प्रवेश सहज बनाउने भन्दै विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको नाममा मोटो रकम असुल्ने गरेका छन्।महानगरपालिकाले एसईई समापन हुनुपूर्व नै महानगरपालिकाको शिक्षा समितिले यस्तो निर्णय गरेको हो।

विद्यालय शिक्षा व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइएको महानगरको शिक्षा महाशाखाले जनाएको छ।

यस्तै महानगरले विद्यार्थी भर्नाको कार्यक्रम आगामी वैशाख २ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्न आग्रह गरेको छ। विद्यार्थी भर्नाका नाममा लिइने प्रवेश परीक्षाहरू त्यसअघि सञ्चालन गरे पनि नतिजा भने सोही अवधिमा सार्वजनिक गर्न भनिएको छ। विद्यार्थीहरू छनोटका नाममा लिइने परीक्षामा जुन विद्यालयमा विद्यार्थी अध्ययन गरिरहेका छन्, सोही विद्यालयको माथिल्लो कक्षामा पढ्न चाहे विद्यालयले अनिवार्य भर्ना लिनुपर्ने महानगरको निर्देशन छ।

आगामी शैक्षिक सत्रको पढाइ १० वैशाखमा सुरु गर्ने निर्णय पनि महानगरले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .