ad ad

समाज


गृहका अधिकारी र काठमाडौंका प्रजिअ खगेन्द्र नवजीवन केन्द्रमा पुगे

गृहका अधिकारी र काठमाडौंका प्रजिअ खगेन्द्र नवजीवन केन्द्रमा पुगे

नेपालखबर
चैत २१, २०८० बुधबार १२:३२, काठमाडौँ

गृह मन्त्रालयका अधिकारीहरू र काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहितको टोली जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको अगुनमनका लागि पुगेको छ।

उक्त टोलीमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवम् एसपी भूपेन्द्र खत्रीसमेत छन्। 

केन्द्रमा राखिएका असहायहरूको अवस्था दयनीय रहेको कुरा केही समयअघि सार्वजनिक भएको थियो।

उक्त केन्द्रलाई लिएर लामाे समयदेखि विवाद छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की गत फागुनन १६ गते जोरपाटीस्थित उक्त केन्द्रमा पुगेर अनुगमन गरेकी थिइन्। 

अनुगमनपछि उनले खगेन्द्र नवजीवन केन्द्रलाई नर्कजीवन केन्द्रको संज्ञा दिएकी थिइन्। 

कार्कीले त्यहाँका असहायहरूको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

उनले त्यहाँ राखिका असहायहरूलाई धेरै दिनदेखि बाँधेर राखिएको, कसैको खुट्टा सुन्निएका, बेड फोहोरले भरिएका, नियमित उपचार नगरिएको, पिसाबको थैली धेरै दिनदेखि नफेरिएको, नि:शुल्क बस्ने खाने पढ्न पाउने नियमविपरीत महिनाको ६ हजारसम्म उठाउने गरेको बताएकी थिइन्।

उनले त्यहाँ आर्थिक अवचलन, भ्रष्टाचार, बेथिती र आश्रय दिइएकाहरूलाई चरम दुर्व्यवहार भएको पनि जनाएकी थिइन्।

'मान्छेलाई मान्छे जस्तो सहानुभूतिपूर्ण व्यवहारसम्म नगरिएकोबारे सबै पीडितहरूको गुनासो प्रतक्ष सुनेर देखेर हामी केन्द्रका अध्यक्षसँग भेट्न खोज्दा उनी त्यहाँबाट भागेछन्', त्यसबेला उनले भनेकी थिइन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .