ad ad

समाज


डीएसपी सरुवा : सिंहदरबारमा घिमिरे, साँगामा रंजितकार

डीएसपी सरुवा : सिंहदरबारमा घिमिरे, साँगामा रंजितकार

नेपालखबर
चैत २३, २०८० शुक्रबार २२:१, काठमाडौँ

प्रहरी महानिरीक्षक वशन्त बहादुर कुँवरले दुई डीएसपीको सरुवा गरेका छन्। एसपी बढुवासँगै खालि भएका दुई स्थानमा भने तत्काल सरुवा गरिएको हो।

नेपाल प्रहरी विद्यालय साँगामा नारायण रंजितकारलाई र नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा दिनेश घिमिरेलाई सरुवा गरिएको छ। रंजितकार लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा र घिमिरे काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए।

यसअघि साँगामा निरन्जन दत्त भट्ट र सिंहदरबार सुरक्षा गणमा सन्तोष तामाङ कार्यरत थिए। दुवै जना एसपीमा बढुवा भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .